पर्यटनलाई उर्जा सञ्चार गराउन धरानमा आगामी चैत ११ गतेदेखि इष्ट टुरिजम मार्ट आयोजना हुने
काठमाण्डौ।आगामी चैत ११ गतेदेखि १३ गतेसम्म धरानमा इष्ट टुरिजम मार्ट आयोजना हुने भएको छ ।
यो पटकको मार्ट २०७८ चैत्र ११, १२ र १३ गते शुक्रबार, शनिवार र आइतबार तीन दिनसम्म धरानको पब्लिक हाइस्कूलको मैदानमा आयोजना हुने कार्यक्रम तय भएको छ ।
पर्यटनलाई उकास्न, प्रवर्धन गर्न र व्यवसायी एवं सरोकारवालालाई उर्जा सञ्चार गराउन आवश्यक ठानेर एक बृहत कार्यक्रमको आयोजना गर्न लागिएको...